हुलाकी न्यूज, काठमाडौं :
डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठनको रुपमा कर्मचारी जनमत संघ गठन भएको छ।

देशलाई समृद्ध बनाउन, जनतालाई सुलभ सेवा प्रदान गर्न तथा कर्मचारीहरूको हकहित सुरक्षित गर्न भिडियो कन्फरेन्स मार्फत् शनिबार केन्द्रीय तदर्थ समिति गठन भएको हो।

पार्टीका संस्थापक केन्द्रीय सदस्य ई.दीपक कुमार साहको अध्यक्षतामा विभिन्न जिल्लाका कर्मचारीहरूसँग बैठकबाट जागेश्वर साहको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन भएको हो।

तदर्थ समितिले आवश्यक उप–समितिहरू बनाई ६ महिना भित्र संघको विधान तथा घोषणा–पत्रसमेत तयार गरी अधिवेशन गर्नेछ।

संयोजक साह सिरहा जिल्ला घर भई विगत २३ बर्षदेखि सरकारी क्षेत्रमा स्थानिय तहमा आबद्ध हुँदै विभिन्न सामाजिक सेवा गर्दै आएका छन्।

कर्मचारी जनमत संघ देशलाई समृद्ध बनाउन आवश्यक योजना बनाउन, कर्मचारी पेशाका गुणस्तर बढाउन, कर्मचारीहरुको हक–हितको लागि संघर्ष गर्न तथा उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन काम गर्ने गैर सरकारी सामाजिक संस्था रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.