हुलाकी न्यूज,जलेश्वर : महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगा गाउँमा बिहिबार दिउँसो आगलागी हुँदा तीन घर जलेरनष्ट भएको हो।

सो आगलगीमा महेन्द्रको घरभित्रको नगद, अन्न, लत्ताकपडा, भाँडाकुडासहित एउटा गाई जलेर मृत्यु भएको छ भने दुईवटा गाईलाई आगोले पोलेको छ । रामप्रगास र बौवालालको घरभित्र रहेका नगद, अन्न, लत्ताकपडा र भाँडाकुडासहित जलेर नष्ट भएको छ ।

आगलागीबाट तीन लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र जलेश्वर नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार घुर ताप्ने क्रममा हावा चलेर आगोको झिल्को उडेर घरमाथि पर्दा स्थानीय महेन्द्र ठाकुर, रामप्रगास ठाकुर र बौवालाल ठाकुरको फुसको घर जलेर लाखौँको क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.