हुलाकी न्यूज, काठमाडौँ : आफूलाई अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले आयोगको परिचय पत्र देखाएर आफू अध्यक्ष भएको र अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको हो।

सुंखवासभा पाँचखपन गाउँपालिका-५ खमारे घर भइ काठमाडौं महानगरपालिका-७ मित्रपार्क चाबहिल बस्ने ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेको हो।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनले आफू अमेरिकाको कार्यक्रममा जाँदा पाँच वर्षको मल्टिपल भिसा लगाइदिने भन्दै विश्वासमा लिएर ठगी गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अहिलेसम्म उनले १५ लाख रुपैयाँ ठगी गरेको छ। उनले ठगी गरेको भएमा प्रहरीको सम्पर्कमा आउन महाशाखाले अनुरोध गरेको छ।

उनीमाथि प्रहरीले ठगी सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.