हुलाकी न्यूज, काठमाडौँ : बैतडीमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार भएको हो।

काका र हजुरबुवा नाता पर्ने दुई जनाबाट किशोरी बलात्कारमा परेकी हुन् ।

पीडित किशोरी र उनका आफन्तले आएर घटनाको जानकारी गराउनुभयो। जाहेरीका आधारमा काका र हजुरबुवा नाता पर्ने दुई जनालाई पक्राउ गरे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नारन प्रशाद अधिकारीले लोकपथलाई जनकारी दिएका हुन्।

३ महिनाअघि बलात्कारमा परेकी बालिका गर्भवती भएको थाहा भएपछि मात्र घटना बाहिर आएको हो। किशोरीको महिनावारी रोकिएपछि घरपरिवारले सोधपुछ गर्दा घटनाबारे थाहा भएको थियो। त्यसपछि परिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए । किशोरीको स्वास्थ्य परिक्षण गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको छ ।

बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको डएसपी अधिकारीले जनकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.