हुलाकी न्यूज, सिरहा(लहान):
जनता समाजवादी पार्टी (जसपा)ले माघ ३ गते शनिबार सिरहामा विरोध कार्यक्रम गर्दैछ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा पक्षलाई पेल्दै कार्यक्रममा वरियता मिच्न थालेपछि कार्यक्रम विवादित बनेको छ।

पार्टी वरियता क्रममा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई सिरहाको कार्यक्रममा तल्लो स्थानमा राखिएको छ।

सिरहाको कार्यक्रममा पहिलो वरियतामा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको हो। चौथो नम्बरमा मात्र राजकिशोर यादवलाई राखिएको छ।

जबकी राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, अधिकारी र विजय यादवभन्दा माथि छन्।

आफ्नो वरियता क्रम मिचेर अपमानित गर्न खोजेको भन्दै राजकिशोर यादव उक्त कार्यक्रमको बहिस्कार गर्ने जनाएका छन्।

राजकिशोर यादवका समर्थकहरुले कार्यक्रमको प्रतिकारसमेत गर्न सक्ने सम्भावना रहेको छ।

पार्टीमा वरियताक्रम मिचेर कार्यक्रम आयोजना गर्न लागिएको विषयमा राजकिशोर यादव निकट नेता राजाराम यादवले उपेन्द्र यादवसँग टेलिफोन सम्वाद गरेका थिए।

जसमा उपेन्द्र यादवले राजकिशोर यादवलाई केपी ओलीको कार्यक्रममा सहभागी हुन भनेका छन् भने पार्टी छोडेर भाग्न भनेका छन्।

उपेन्द्र यादवको यस्तो अभिव्यक्ति पछि राजाराम यादवले पनि उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिएका छन्।

सुन्नुस् अडियो


यसअघि अनिल झाको पनि वरियता क्रम पनि मिचेर कार्यक्रम आयोजना गर्ने भनिएको थियो। झाले आपत्ति जनाएपछि उनलाई रौतहटमा आयोजित कार्यक्रमको विशेष अतिथि बनाइएको थियो।

1 COMMENT

  1. सधै मधेसी को नाम गर्दै ढुकेर मन्त्री खाने उपेन्द्र यादब ,सङ्घिय लोकतान्त्रिक रास्टिय मन्च सङ्घिय लिम्बुवान पाटी लाई धोखा दिने यहि उपेन्द्र र प्रचन्ड हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.