हुलाकी न्यूज,रौतहट : बिभिन्न मितिमा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट खटेको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा वरामद गरी ल्याएको अवैध घरेलु मदिरा आज नष्ट गरेको छ।
२२ थान ग्यालन ३सय ३० लिटर आज करिब १४:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय गरुडा रौतहट र गरुडा नगरपालिका कार्यालय रौतहटका प्रतिनिधीको उपस्थितीमा स्थानियहरुको रोहवरमा पोखाई नष्ट गरेको ईलाका प्रहरी कार्यालय गरुडा का डिएसपी रवि रवाल ले जनाएको छ।



