हुलाकी न्यूज,सुर्खेत : दैलेखमा १४ वर्षीया बालिकालाई एक युवक बलात्कारको आरोपमा पक्राउ परेका छन।

गुराँस गाँउपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन्।घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिएका हुन्।

डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो।पक्राउ परेका युवकलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.