हुलाकी न्यूज,जनकपुरधाम :  प्रदेश नम्बर २ को सत्तारुढ जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई अत्याधिक मत दिएर जनताले अपराध गरेको बताएका छन् ।  जनकपुरमा आयोजित विशाल जनप्रदर्शन तथा विरोधसभामा विघटित प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता महतोले कम्युनिष्टलाई जनताले करिब दुई तिहाई सिटमा जिताएर अपराध गरेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटन गरेर जनताको मताधिकारको कदर नै नगरी हत्या गरेको आरोप लगाउँदै उनले देशमा दुर्घटना निम्त्याएको बताए  ।

उनले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था, लोकतन्त्र र संवैधानिक व्यवस्था माथि समेत  गम्भीर प्रहार गरेको आरोप लगाए । उनले संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री पद बचाउनका आफ्नै पार्टी भित्रको विवादको सामना गर्न नसक्दा अकालमा हत्या गरेर निरंकुश र तानाशाही बनेको आरोप लगाउदैँ आक्रोश समेत पोखे ।

मधेसी जनताको छातीमा गोली हानेर काँग्रेस, एमाले र माओवादीले फास्ट ट्रयाकको नाममा संविधान निर्माण गरेपनि मधेसी जनता पुनः अधिकार पाउनबाट ओलीले बञ्चित गरेको बताए ।

उनले भने, जुन दिन मधेशी जनताको छाती माथि गोली चलाएर संविधान निर्माण गरियो, त्यही दिन देशमा प्रतिगमन आइसकेको थियो ।

विरोधसभामा जसपाका अर्का नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओली जनताको दुश्मन रहेको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका भण्डारीले ओलीले संसद विघटन गरेर देशमा राजनीतिक अस्थिरता निम्त्याएर वितण्डा मचाएको बताए ।

उनले आफुहरु चुनावको पक्षमा नरहेको भन्दै उनुले भने, सर्वोच्च अदालतले संसद पुनःस्थापना नगरि चुनावमा जाने निर्णय गरेमा मुलुक र जनताका लागि नजिर बन्ने र आउने दिनमा दुई तिहाई मत ल्याउने पार्टी र प्रधानमन्त्री बन्ने नेताले देशलाई आफ्ना स्वार्थका लागि जुनसुकै बेला विघटन गर्न सक्ने भएकाले संसद पुनःस्थापना नै उपयूक्त हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.