हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सखुबा, स्थित नगर पशुबिकासले सेवा ग्राहीलाई छिटो र छातीरो रुपमा सेवा प्रवाह गर्न लागेको छन् ।नगर पशु बिकास अधिकृत श्री बिष्णु देव यादवका अनुसार आफू आएको करिब नौ महिनामा नै हजार भन्दा सेवा ग्राहीलाई सुबिधा प्रदान गरेको जनाएका छन्।
बिगत केही समय देखि उन्को सकृयताअधिक बताएका छ । उनले भने “मेरो प्राथमिकता भनेको नै कसरी अधिक भन्दा अधिक सेवा प्रवाह गर्नु हो र त्यस्का लागि म जुन सुकै बेला पनि सकृय हुन्छु । यसभन्दा पहिलो कोल्हबीमा बस्दा ह्जारौ सेवा ग्राही को काम गरेको हुदा अब यस क्षेत्रमा मेरो लक्ष्य रहेको यादबले बताए।
यस क्षेत्रमा बिगतमा निकै नै सर्वसाधारण पशु उपचारको सुबिधा नपाएर अधिक लगानी गरेका पशु मरेको बेलामा अधिकृत यदवको प्रयासलाई निकै सान्दर्भिक रुपमा हेरिएको ।
“जाडो मौसाममा पशुहरु बिरामी हुने भएकाले यस समय गोठहरु न्यान्यो पर्नुका साथै समय समयमा भेट्नरीयनको सहयोग लिनु पर्ने उनको भनाइ रहेको छ। कृषकहरुले बढी लागानीमा कम दुग्ध दिने गाई भैंसी पाल्नु भन्दा अधिक दुधदिने गाई भैसीमा जोड्दिदा आम्दानी हुने भएकाले मौसम हेरि पसुपालन गर्नु उचित हुने बताएका हुन् ।




