हुलाकी न्यूज,सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) तनावग्रस्त बनेको छ। प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ।

परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रूत बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी घाइते भएका थिए।

विद्यार्थीहरुले सोमबार बिहानैदेखि केन्द्रीय क्याम्पसको मुलगेट अगाडि विरोध प्रदर्शन गरिरहेका छन्। विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन्।

विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नेविसंघका नेता गौतम बिसीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.