हुलाकी न्यूज,जनकपुरधाम : जनकपुर जेसिजको अध्यक्षमा मनोजकुमार साह निर्वाचित भएका हुन्।गत शनिबार राति भएको निर्वाचनमा साह १ सय १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्धन्दी बिक्रम साहले ३४ मत पाएका थिए।

यस्तै उपाध्यक्षमा मुकेशकुमार साह, राजेन्द्रकुमार साह, विनय साह र दीपककुमार यादव निर्वाचित भएका छन्।निर्वाचनअघि कार्यकारिणी उपाध्यक्षमा डा.राजेस मण्डल र उपेन्द्र कुमार साह निर्विरोध निर्वाचित भएका थिए।यसैगरी महासचिवमा राजकुमार साह, कोषाध्यक्षमा यातोष साह र कानुनी सल्लाहकारमा राजु साह पनि सर्वसम्मतले चयन भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.