हुलाकी न्यूज,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियता शून्यमा पुगेको केहीले हल्ला गरेको भन्दै त्यसलाई निर्वाचनमा गएर प्रमाणित गर्न चुनौती दिएका छन्।

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो लोकप्रियताको फैसला निर्वाचनले गर्ने बताए। उनले भने, ‘केपी ओलीको लोकप्रियता जिरोमा गएको छ भन्ने सुनेको छु। जिरोमा गयो कि  माइनसमा छ। निर्वाचनमा हेरौं न।’

उनले अब यसरी गफ फिट्ने दिन गएको बताए। अब नतिजा हेर्ने दिन निकट आएको उल्लेख गरे। हिम्मत भए मैदानमा आउन पनि उनले चुनौती दिए।

उनले अहिले अरुले ओलीका दिन गएको भनेर गरेको गरेको दाबीलाई रेस्लरसँग तुलना गरे। कतिपयले रेस्लर खेल्नुअघि नै बेल्ट लिएर फूर्ति गर्ने गरेकोतर्फ इंगित गर्दै ओलीले भने, ‘रेस्लिङ खेल्दा रेस्लर फूर्ति देखाउँछन्। जित्नु कता हो कता, बेल्ट लिएर देखाउँछन्। रिङमा नचढ्दै बेल्ट लिएको देखिन्छ। पछि रेफ्रीले जिते लगाइदिउँला भनेर फिर्ता लिन्छ। कतिपयले अहिले त्यसरी नै बेल्ट उचालेको देखेको छु।’

उनले मैदानमा आउन पनि चुनौती दिए। उनले भने, ‘मैदान बनाइयो, रिङ घोषणा गरेको छु।  किन खुट्टा कमाएको, जनताको बीच जाने भन्नेबित्तिकै? प्रभुका चरणमा होइन, जनताका शरणमा जाने भनेको हो। केपी ओलीले गल्ति गरेको छ भने नेपाली जनताले दण्ड देलान्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.