हुलाकी न्यूज,काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्न नमिल्ने बताएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेता गौतमले संसद् विघटनसम्बन्धी रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएकाले अब संसद विघटनलाई असंवैधानिक भन्न नमिल्ने दावी गरे।

’मैले यो असंवैधानिक कदम हो भनेर भनेँ। तर सर्वोच्च अदालतमा परेका रिटहरु संवैधानिक इजलाशमा लगिएपछि ती रिट असंवैधानिक हुन भन्न मिल्दैन। त्यसैले म चुप लागेको हुँ,’ उनले भने,’ यो विषय संवैधानिक विषय हो भनेसकेपछि यसलाई असंवैधानिक भन्न मिल्दैन।’ यसो भनियो भने सर्वोच्च अदालतको राजनीतिकरुपमा अपमापान हुन्छ।’

’मैले असंवैधानिक कदम भनेँ । तर, अब भन्ने छैन, ’उनले भने, ’यससम्बन्धी रिट संवैधानिक इजलासमा लगिएपछि अब असंवैधानिक भन्न मिल्दैन । यो संवैधानिक विषय हो । भन्नलाई त सबैलाई स्वतन्त्रता छ । तर अब संविधानविपरित छ भन्न मिल्दैन।’

नेता गौतमले प्रधामन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्दा आफूले जानकारी नदिएको गुनासो गरे। उनले भने,’ अविश्वासको प्रस्तावबाट आफ्नै नेतालाई पराजित गर्ने कुरा मैले सोचेको थिइनँ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएन।’तर अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीका नेतालाई पराजित गर्ने काम होला भनेर आफूले कहिल्यै नसोचेको गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.