हुलाकी न्यूज,काठमाडौँ :नेपाल-भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन गरियो। कोभिड-१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेका हुन्।

कोभिड-१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ।

महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिरीको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा १ महेशपुर चोकबाट निकालिएको विरोध र्यालीमा नाका खोल्न र कोरोनाको भ्याक्सिन उप्लब्ध गराउनुपर्ने लगायतका माग राख्दै नारावाजी गरिएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.