हुलाकी न्यूज,काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित आमा-छोरा पक्राउ परेका छन्। श्री एयरलान्सको उडानबाट झापा जान लागेका मुनादेवी राई उनका छोरा बद्रीहाङ राई पक्राउ परेको प्रहरीले जनाएको छ।

उडानपूर्व चेक जाँच गर्नेक्रमममा उनीहरुको झोलामा ५० थान गोली फेला परेको विमानस्थल प्रहरीले जनाएको छ। उनीहरूबाट बरामद भएकाे गाेली ९ एमएमको पेस्तोलमा लाग्ने गाेली भएकाे प्रहरीले जनाएकाे छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

पक्राउ परेका आमा-छोरा झापा मेचीनगर-२ का स्थायी बासिन्दा रहेकाे खुलेकाे छ । बद्रीहाङ राईका बुबा पूर्वप्रहरी रहेको खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.