हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा धनुषाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कमला नगरपालिकावडा नम्बर ८ हरिणे बस्ने १९ वर्षीय विजय कुमार दास र सोही ठाउँ बस्ने २२ वर्षीय सदाम हुसेन रहेका छन्।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दास र हुसेनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
सोही ठाउँस्थित खेतमा उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबरपछि चोराकोयलपुर र ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छन्।




