हुलाकी न्यूज,जनकपुर :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री यदुवंश झाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता विरोधी र संविधान विरोधी हरकत गरेका कारण देशमा अन्योलको अवस्था सिर्जना भएको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीका ‘असंवैधानिक कदमको विरोध’ भन्दै मंगलबार आयोजना गरेको देशब्यापी विरोध कार्यक्रम अन्तर्गत जनकपुरको विद्यापति चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई नै संकटमा पारेको आरोप लगाए छन्।

जनकपुरमै राम चोकमा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य श्रीप्रसाद साहले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए । उनले प्रम ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने र त्यसका लागि तयार रहन कार्यकर्तालाई आह्वानसमेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.