हुलाकी न्यूज,जनकपुरधाम : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ।

१६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने।

यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ।कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.