हुलाकी न्यूज,काठमाडौं : सन् २०२२ देखि इन्डियन प्रिमियर लिग आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १५औं संस्करणदेखि १० टिम बनाउने निणर्य गरेको हो। बिहीबार भएको बीसीसीआईको एजीएममा बीसीसीआईले उक्त निणर्य गरेको हो।यसअघि सन् २०२१ देखि नै १० टिम बनाउने तयारी भए पनि २०२२ देखिमात्र १० टिम बनाउने भएको हो।




