हुलाकी न्यूज,काठमाडौं : जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद लक्ष्मणलाल कणर्ले प्रधानमन्त्री केपी ओलीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गर्नु गलत र अस्वीकार्य भएको भनेका हुन्।

उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरेका हुन्। उनले भने, ‘‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन। यो रकम काट्न मिल्दैन र प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्‍यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने ?

यो त हास्यास्पद कुरा हो नि। संसदीय व्यवस्थामा प्रधानमन्त्रीको पद धरापमा पर्छ, जान्छ। यो नौलो कुरा होइन। तर, आफ्नो पद धरापमा पर्‍यो भन्दैमा यस्तो गलत कदम चाल्ने ?

यो त संविधानको विरोधी भावना हो। उहाँमाथि अविश्वाको प्रस्ताव दर्ता भएको छ। अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारेको छ। आफूसँग बहुमत छ भने फेस गर्नुपर्छ। तर, उहाँले संसद् विघटन गर्न पाउनुहुन्न । दर्ता भइसकेको अविश्वासको प्रस्तावलाई फेस गर्नुपर्छ।’’
उनले संसद् विघटन गैरसंवैधानिक रहेको तर्क पेस गरे। उनले अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जिकिर गरे । उनले भने, ‘‘अहिलेको अवस्था र अन्योलबाट मुलुकलाई बचाउन हामीले अदालतमा बिन्ती गरेका छौं। विश्वमा धेरै देशमा सडकमा पनि बसेर संसद् स्थापित भएका उदाहारण र इतिहास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.