हुलाकी न्यूज, जनकपुर : जनकपुरधाममा बाल विवाह विरुद्ध जिल्ला युवा संजाल सँग संझैदरी बैठक सम्पन्न गरियो।

यस बाल बिवाह विरुद्ध संझैदरी बैठकका आयोजक सेफ नेपाल धनुषा रहेका छन्। भने यस संझैदरी बैठकका समर्थित ओस्फ र अस्द रहेका हुन्।

अहिलेको वर्तमान समयमा गाउँ घर देखि सहर सम्म बाल विवाह हुँदैछन्। नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष रहेको छ। त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ।शारीरिक र मानसिकरुपमा बिकसित नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको  तोकिएको बुझिन्छ।

बालविवाहको समस्या नेपालको तराई मधेस क्षेत्रमा बढी रहेको छ। शिक्षित समुदायमा भन्दा चेतना  कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका मधेश समुदायमा बढी पाइन्छ। नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा पर्दछ। दक्षिण एसियाली मुलुक मध्ये नेपालको बालविवाह र आमा मातृ मृत्युदर बढी रहेको छ।

आज सम्म जति पनि बाल विवाह र महिला हिँसा विरुद्ध आन्दोलन वा आभियान मा १००% उपलब्ध प्राप्त हुदैन तर केही न केही सकारात्मक परिवर्तन हुन्छ हामी लाइ निरास हुनु पर्दैन सेफ नेपालका अध्यक्ष बिनोद महराले भनें।

मदरसामा पदने बाल बालिका लाई बाल विवाह जस्तो समाजिक समस्याको बारेमा थाहा नभएर मुस्लिम सामाजमा बाल विवाहको समस्या बढेको हो, सेफका सचिव  रोजलिन सिंहले भनिन्।

आगामी दिनमा पनि यसरीनै युवाहरु सँग साझदरी गरी बाल विवाह विरूद्ध विभिन्न जनचेतना अभियानहरू सहर देखि गाउँ सम्म चलाउने छन् जिलला युवा सञ्जालका अध्यक्ष धीरज साहले बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.