हुलाकी न्यूज,काठमाडौं :  त्रिभुवन विश्वविद्यालयको ४६ औँ दीक्षान्त समारोहमा पूर्वराष्ट्रपति डा. . रामबरण यादवले संसद विघटनको घटनाले आफूलाई दुःख पुगेको बताउनुभयो।

संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको उहाँले भनुभयो। ‘एउटा होइन, दुई वटा संविधानबाट जनताले धेरै खुन पसिना बगाएर संविधान, धर्मनिरपेक्षता, संघीयता आएको हो,’ उहाँले भन्नुभयो, ‘यो संविधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता हो।’ ७७ वर्षको बलिदान र संघर्षको उपलब्धि गुम्न लागेकोमा चिन्ता व्यक्त गर्दै उहाँले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिएका हुन्।

यस्तै पूर्वराष्ट्रपति यादवले आफूले कहिल्यैपनि राष्ट्रपति संस्थाप्रति टिप्पणी नगरेको उल्लेख गर्दै अत्यन्त मर्माहत भएपछि मात्र टिप्पणी गरेको प्रस्ट पानुभएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.