हुलाकी न्यूज,काठमाडौं : मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन्।
लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने,‘‘यसलाई ट्रयाकमा ल्याउने मलाई विश्वास छ।
यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पुर्याउँछन्। त्यहाँका मान्छेहरु ठिक छन् भने। शतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुर्नस्थापना हुन्छ। मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद पुर्नस्थापना हुन्छ, हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ। संविधानको रक्षा हुन्छ।’’
भट्राईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाकाटोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका थिए।




