जनकपुरधाम: त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाउँदै आएको विवाहपँचमी महोत्सव यसपाली पनि धुमधामका साथ मनाइदैछ ।

प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाउँदै आएको विवाहपँचमी महोत्सवको आज छैठौं दिन मुख्य विवाहपँचमी मनाइदैछ । जनकपुरमा विभिन्न स्थानबाट हजारौंको सँख्यामा श्रद्धालुहरु विहानैदेखि आईपुगेको छ ।

गत वर्ष भारतको अयोध्याबाट मोटो सँख्यामा साधुसन्त सहित आएको जन्ती यसपाली कोरोना भाइरसको सँक्रमणको कारण जन्ती आउन सकेको छैनन् । यद्यपी, देशको विभिन्न ठाउँमा श्रद्धालुहरु एक साता अगाडी देखि नै जनकपुरमा डेरा जमाएर बसेका छन् ।

आज जनकपुरको बाह्रबिघा मैदान रँगभूमिमा विवाह महोत्सवको कार्यक्रम राखिएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताए । उनका अनुसार, सप्ताहव्यापी कार्यक्रम अनुसार आज विवाह महोत्सव अर्थात विवापँचमी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.