फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राष्ट्रपति कार्यालय एल्सी प्यालेसले यसबारे जानकारी गराएको हो।

‘४२ वर्षीय राष्ट्रपति म्याक्रोँलाई केही लक्षण देखा परेपछि जाँच गराइएको थियो, जसको नतिजा पोजेटिभ आएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपतिलाई के लक्षण देखिएको थियो भन्नेबारे भने खुलाइएको छैन।‘उहाँले स्वास्थ्यका उपायहरु अपनाएर र सामाजिक दूरी कायम राखेर आफ्नो काम गर्नुहुनेछ।’ विज्ञप्तिमा भनिएको छ।

फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्स पनि म्यक्रोँको सम्पर्कमा रहेका कारण सेल्फ आइसोलेट भएका छन्।

कास्टेक्समा कुनै पनि खालको लक्षण देखिएको छैन।राष्ट्रपति म्याक्रोँ कोरोना संक्रमित हुने विश्वको तेस्रो ठूलो नेता हुन्।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.