हुलाकी न्यूज, काठमाडौंः स्थानीय तहलाई धेरै अधिकार दिइएको छ तर समस्या पर्दा केन्द्रमा दौडिनु पर्छ। कर्मचारीका लागि पनि केन्द्र सरकारकै मुख ताक्नु पर्छ। यस्तो समस्यालाई समाधानका लागि स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने माग गर्छन् धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्यसमेत रहेका मण्डल भन्छन्,‘हाम्रो नगरपालिकामा ३ वर्षमा ६ वटा प्रशासकिय अधिकृत फेरिएका छन्। उहाँहरुलाई केन्द्रबाटै सञ्चालन गर्ने भएकोले उहाँहरुले काम गर्न सक्नु भएन। यसरी कर्मचारी फेरिदा स्थानीय सरकारलाई निकै समस्या भएको छ। त्यसकारण अब स्थानीय सरकारलाई प्रदेश मातहतमा ल्याउनु पर्छ।’

स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिदा अधिकांश स्थानीय तकमा कर्मचारी अभाव रहेको र कर्मचारी नुहँदा काम अगाडि बढ्न नसकेको उनले स्वीकार गर्छन्।

‘अहिले स्थानीय तहमा कर्मचारीको अभाव छ। स्थानीय तहबाट जनता खुशी छैन किन भने हामीले काम गर्न पाएका छैनौं। हामीसँग भौतिक संरचना छैन।’ मेयर मण्डलले भने,‘पाँच वर्षको कार्याकालमा चार वर्ष चली रहेको छ। हामीले जनतासँग गरेको प्रतिबद्धता अनुसार अगाडि बढेका छौं तर पुरा हुन सकेको छैन।’

विभिन्न समस्याका बाबजुद पनि आफूले विभिन्न क्षेत्रमा काम गरिरहेको मेयर मण्डल बताउँछन्।

‘हामीले अहिले किसानहरुको समस्या समाधान गर्दैछौं। सिचाईको व्यवस्था गरेका छौं। प्रत्येक वडामा डिप ट्वीवेलको काम अगाडि बढेको छ। हंसपुर नगरपालिकामा नदी तालतलैयाको सुधार गरी सिचाईको व्यस्थापन गर्दैछौं।’ उनले भने,‘हामी शिक्षामा कमजोर छौं। त्यसलाई हामी राम्रो बनाउँदै छौं। हाम्रो ३० वटा सामुदायिक विद्यालयमा लगानी गर्दैछौं।’

स्थानीय तहको समस्या र गतिविधिका बारे मेयर मण्डलसँग गरिएको कुराकानीको सम्पादित अंशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.