हुलाकी न्यूज,काठमाडौँ :भारतको आसाम राज्यमा यसपटक अलैंचीको उत्पादनमा कमी आएसँगै भारतीय व्यापारीहरु झापाको बिर्तामोडलाई केन्द्र बनाएर अलैंची खरिद सुरु गरेका छन्। 
यस वर्ष भारतको आसाम राज्यमा अलैंचीको उत्पादन घटेकाले त्यहाँ जाने भारतीय व्यापारीहरू नेपालको अलैंची किन्न आएको अलैंची व्यवसायी महासंघका सचिव मात्रिका घिमिरेले बताए। विगतमा प्रतिमन १ लाख रुपैयाँसम्म कारोबार हुँदै आएको अलैंची गत वर्ष २० हजार रुपैयाँसम्म झरेको थियो।
भारतीय व्यापारीले खरिद सुरु गरेसँगै अहिले अलैंची प्रतिमन २७ हजार रुपैयाँ पुगेको छ। कोरोना महामारीका थप खुम्चिएको अलैंचीको बजारमा सुधार हुने संकेत देखिएको उनी बताउँछन् । पछिल्लो समय उत्पादनमा आएको सुधार र मूल्य वृद्धिले किसान उत्साहित भएको इलामका अलैंची कृषक ख्याम भट्टराईले बताए।



