हुलाकी न्यूज, काठमाडौंः नेपालमा मानव अधिकार र प्रजातन्त्र अहिले खतरामा रहेको बताउँछिन् मानव अधिकारकर्मी मोहना अन्सारी।
राष्ट्रिय मानव अधिकार आयोगमा करिब ६ वर्ष र महिला आयोगलागयतका संस्थामा काम गरेकी अन्सारी वर्तमान सरकारबाट जनताको अधिकार संकुचित गरिएको दाबी गर्छिन्।
नेपालमा महिलामाथि हुने हिंसाको स्वरुप घृणित रहेको र यसको निराकरण गर्न महिलालाई सक्षम बनाउनुको विकल्प नरहेको उनी बताउँछिन्। कानुनी रुपमा न्याय दिलाउने कार्यमा सबैको सहभागिताका लागि आग्रहसमेत गर्छिन्।
पीडितको घर दैलोसम्म राज्य पुग्नु पर्ने तर्क गर्दै उनी भन्छिन्,‘महिला हिंसा वा बलात्कारको घटनामा द्रुत प्रणालीबाट न्याय दिलाउनु पर्छ। र, पीडित तथा साक्षीको सुरक्षा राज्यले गर्नु पर्छ। पीडितलाई राहत र परिपुरणका लागि राज्य पीडितको दैलोमा जानु पर्छ।’
विभिन्न हिंसामा परेकाहरु प्रहरीबाटै त्रास खेप्नु परेको उनको बुझाई छ। ‘अनुसन्धानको क्रममा पीडितले प्रहरीलाई साथी ठान्नु पर्छ। अहिले सूचना पनि दिन पीडित दिन डराउँछन्।’ अन्सारीले भनिन्, ‘महिला हिंसाको घटनामा प्रहरीले पीडितलाई नै थर्काउने काम गरिरहेको छ। प्रहरीले सोचेर आउनुस् भननेर थर्काउछन्। प्रहरीबाट पीडितलाई भय त्रास देखाउन काम बन्द हुनुपर्छ।’
मानव अधिकार र प्रजातन्त्रको दायरालाई संकुचित बनाउने काम भएको उनको बुझाई छ। ‘जनतासँग भएको असिमित दायरालाई संकुचित पार्ने काम भएको छ। बोल्न पाउने, स्वतन्त्र रुपमा अभिव्यक्ति राख्न पाउने दायर संकुचित भएको छ। कहिले नागरिकता विधेयक, कहिले सञ्चार विधेयक भनेर त कहिले फेसबुकमा लेखेका नाममा प्रताडित गरिएको छ।’
‘प्रजातन्त्र र मानव अधिकार सुदृढ हुन जनता आफै सचेत हुनु पर्छ।’ उनले भनिन्,‘नेपालका राजनीतिक दलहरु सत्तामा हुँदा मानव अधिकारले महत्व राख्दैनन् तर त्यही सडकमा हुँदा मानव अधिकारको कुरालाई जोडसोरले उठाउँछन्। पछिल्लो क्रियाकलापले नेपालमा मानव अधिकार र प्रजातन्त्रमा खतरा देखिएको छ।’
मानव अधिकारकर्मी मोहना अन्सारीसँग बर्दिवासमा भएको बलात्कारको घटना, नेपालमा मानव अधिकारलगायतको विषयमा हुलाकी न्यूजले गरेको कुराकानीको सम्पादित अंशः