हुलाकी न्यूज,रौतहट :रौतहटमा कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

भारत बिहार सीतामढी थाना बरगैनिया, मुसहर चोक बस्ने २१ वर्षीय युवक नितेशकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो।

पटेललाई राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित नेपाल भारत सिमाको दशगजा नजिकै प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल बिओपी बेलबिछुवाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

दाहिने तिघ्रामा लुकाएर ल्याएको अवस्थामा पटेलको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ। भनेपेस्तोल सहित पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको रौतहट प्रहरीले भनेका  छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.