हुलाकी न्यूज,जनकपुर :धनुषामा ट्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टरका चालक क्षिरेश्वरनाथ नगरपालिका ७, दुर्गाटोल बस्ने २७ वर्षीय शिवनाथ सदा र ट्याक्टरमा सवार सोही स्थानका २४ वर्षीय नन्दु यादव हुन्।

मिथिला नगरपालिका ४ स्थित चमेनीमाई मन्दिरमा भाकल चढाई फर्किने क्रममा चमेनी खोलामा ज १ त ८३५१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय ढल्केवरले बताए। प्रहरीका अनुसार ट्याक्टर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ।मृतक दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.