जनकपुरधाम । २ साथीहरुबीच पैसाको लेनदेनका विषयमा विवाद बढेपछि एक युवकलाई गुण्डाहरुले अपहरण गरेर जंगलमा लगेर उनको गुप्तांग नै काटिदिएका छन् । ती युवकको बिहे हुँदै थियो । बिहेको ३ दिनअघि उनको गुप्तांग काटिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो गम्भीर घटना उत्तर प्रदेशको बागपत जिल्लाको भएको बताइएको छ ।

पीडित युवकका साथीले नै अन्य २ जनालाई साथमा लिएर उनलाई बन्धक बनाएको र उनको गुप्तांग काटिदिएको समाचारमा जनाइएको छ । उनलाई घाइते हालतमा छाडेर अपहरणकारीहरु फरार भएका थिए । अहिले पीडित युवकको स्थिति निकै गम्भीर भएको बताइएको छ । उनलाई उपचारको लागि हायर सेन्टर रिफर गरिएको छ ।

पीडित समीर नामका युवकको आफ्ना साथी परवेजसँग १ लाख रुपैयाँलाई लिएर विवाद थियो । पीडित समीरका अनुसार उनीकहाँ उनका साथी परवेजको नाम लिएर २ जना आएका थिए । उनीहरुले आफूलाई पैसा दिन दबाब बनाएको समीरको आरोप छ । समीरले तत्काल पैसा दिन नसक्ने बताएपछि ती दुई जनाले जबरजस्ती समीरलाई लिएर जंगलमा गएर उनको गुप्तांग काटिदिएका थिए । समीरले यसको जानकारी जसोतसो आफ्ना परिवारलाई दिए । परिवारले उनलाई गम्भीर हालतमा अस्पताल लगेका थिए । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार उनको स्थिति अत्यन्तै चिन्ताजनक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.