
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले पार्टी नै विभाजनको संघारमा पुगेको चर्चा चलिरहँदा स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन्।
पार्टीभित्रको विवाद छलफलबाटै समाधान हुने दाबी गर्दै मन्त्री भट्टराईले अबको बैठकहरुबाट निष्कर्ष आउने बताए।
जनकपुरधाम विमान स्थलमा नवनिर्मित टर्मिनलको उद्घाटन गर्न जनकपुरधाम पुगेका मन्त्री भट्टराईले हुलाकी न्यूजसँगको अन्तरवार्तामा विदेशी शक्तिहरुले पार्टीमा चलखेल गरेको आरोपलाई अस्वीकार गरे।
‘भारतले पनि पार्टी एक होस् भनेर चाहेको छ। चीनले पनि पार्टी एकता चाहेको छ, अमेरिकाले पनि पार्टी एकता चाहेको छ।’ मन्त्री भट्टराईले भने,‘सबैले पार्टी एकता चाहेको बेला फुट्दैन।’
मन्त्री भट्टराईले हुलाकी न्यूजका सम्पादक बीपी साहसँग गरेको कुराकानीको संपादित अंशः



