हुलाकी न्यूज,जनकपुर :धनुषामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ।
ज्यान जानेमा धनुषाकाे मिथिला नगरपालिका ६ ढल्केवरका ३७ वर्षीय विवेक बस्नेत रहेको प्रहरीले जनाएको छन्।
सोमबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.५ख. ६१२३ नम्बरको बसले ढल्केवरबाट गोदारतर्फ गइरहेको ज.११ प. ९५८८ नम्बरको मोटरसाइकलमा बिरेन्द्रबजारमा ठक्कर दिएको थियो। मोटरसाईकल चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।ठक्करदिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ। मृतक बस्नेतको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।