हुलाकी न्यूज, नवलपरासीः
कोरोना महामारीका कारण बन्द भएको नेपाल–भारत सीमा(बोर्डर)का कारण सर्वसाधारणलाई आवतजावतमा मात्र होइन विहेवारीमा पनि समस्या भइरहेको छ।

सीमावर्ती क्षेत्रमा नेपाली र भारतीयबीच विवाह हुँदै आएको छ। बोर्डर बन्द हुँदा विवाहमा समेत असर परेको सीमावर्ती क्षेत्रका सर्वसाधारणको भनाई छ।

बोर्डर बन्द हुँदा एक जोडीले जोडी पैदल हिडेर विवाह गरेका छन्।

नवलपरासीको सुस्ता गाउँपालिका गोकुलनगरकी बेहुली र भारतको रामपुर जिल्ला मीरका बेहुलाले पैदल हिडेर विवाह गरेका हुन्।

गत साता नवलपरासीका राजेन्द्र चौहानको छोरीको विवाहका लागि रामपुरबाट जन्ती आइरहेको थियो। जन्ती सीमावर्ती क्षेत्र झुल्नीपुरमा आइसकेपछि सिमा सुरक्षामा खटेका सुरक्षाकर्मीहरुले जन्तीको गाडी रोकेका थिए।

बेहुलाका पिता प्रदीप चौहानका अनुसार सीमाक्षेत्रमा गाडी रोकिएपछि बेहुला पैदल हिडेर बेहुलीको घरसम्म पुगे।

बेहुलकीको घरमा विवाहको कार्यक्रम सम्पन्न भएपछि पुनः बेहुला र बेहुली पैदल हिडेर बोर्डर पार भएका थिए।

विवाहमा दिइएको सामान जन्तीहरुले टाउकोमा बोकेर ल्याउनु परेको चौहानले बताए।

बेहुलाका पिता चौहानका अनुसार अहिले लगनको समयमा बोर्डर बन्द हुँदा आफूहरु जस्तै अरु परिवारलाई पनि विवाहमा समस्या भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.