
हुलाकी न्यूज, काठमाडौं : भारतमा जारी किसान आन्दोलनको समर्थनमा विहारको राष्ट्रिय जनता दल(आरजेडी)का अध्यक्ष तेजस्वी यादव धर्नामा बसेका छन्।
तेजस्वीसहित कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरु पनि पटनामा धर्नामा बसेका हुन्। पटनाको गान्धी मैदानस्थित गान्धीको प्रतिमाको तल धर्नामा बस्ने तयारी गरिएको थियो। तर प्रदेश सरकारले उक्त स्थानमा धर्ना गर्न रोक लगाएपछि नजिकै धर्ना गरिएको छ।
भारतमा केन्द्र सरकारले किसानहरुको विषयमा ल्याएको कानुनको विरोध गर्दै पंजाब र हरियाणका अधिकांश किसानहरु आन्दोलित छन्। जसलाई विभिन्न पार्टी तथा संगठनहरुले समर्थन गर्न थालेको छ।
तर, केन्द्रमा रहेको भारतीय जनता पार्टी (बीजेपी)को सरकारले फिर्ता लिने पक्षमा छैन। शनिबार पनि किसानका प्रतिनिधि र सरकारबीच वार्ता हुँदैछ।




