हुलाकी न्यूज,काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा–विद्यार्थी भेला सुरु भएको छ।
काठमाडौंको थापाथली क्याम्पसमा सुरु भेलामा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत नेताहरुको सहभागिता छ।
सत्तारूढ नेकपाको विवाद तल्लो तहसम्म झाँगिदै छ । पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन्।