हुलाकी न्यूज,बीरगंज :मुलुकमा हिन्दू राष्ट्रको पक्षमा जनलहर पैदा भई रहेको बेला नेपाल सरकारले नेपाली जनता लाई कार्यक्रममा नजानुस भन्नु हिटलर तंत्रको संकेत हो।
नेपाल सरकारको हतास मानसिकता हिन्दूवादीको कार्यक्रम माथि अंकुश लगाउनु दुर्भाग्यपूर्ण कार्य भएको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने।समाजिक संजालमा एक स्टेटस लेखदै पटेलले भने यस्तो कार्यको जति निन्दा गरे कमै हुन्छ।सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल।
देशमा गाँउ देखी शहर सम्म हिन्दू राष्ट्रको पक्षमा माहौल बनी सक्यो,अब राज्य र प्रमुख राजनीतिक दल गम्भीर नभए जनताले आफै हिन्दू राष्ट्र नेपाल घोषणा गर्ने छन्।
धर्म बेचने नेता बाट सावधान र सजक रहन नेपाली जनता संग आग्रह समेत गरेका छन्।




