हुलाकी न्यूज,जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक भएको छ। मुख्यमन्त्रीको आधिकारिक फेसबुकपेज शुक्रबार बिहान ह्याक भएको हो।

मुख्यमन्त्रीको फेसबुकपेज इकमर्स पेजका रूपमा परिवर्तन भएको छ। त्यससँगै ntmrulr.cn नामक स्वास्थ्य वेबपोर्टल राखिएको छ। यो वेबसाइट खोल्दा चिनियाँ भाषाको स्वास्थ्य वेबपोर्टल खुल्छ।

सो वेबपोर्टलमा स्वास्थ्यसम्बन्धी टिप्सहरू दिइएको छ।

यसैगरी फेसबुकको प्रोफाइल र कभर फोटो पनि फेरिएको छ। प्रोफाइल फोटोमा चिनियाँ महिला जस्तो देखिने महिलाको फोटो छ।मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले पेज ह्याक भएको बताए। उनका अनुसार ह्याक कहाँबाट कसले गर्‍यो भनेर अनुसन्धान थालिएको जानकारी दिए। उनले मुख्यमन्त्रीको फेसबुकपेज ह्याक भएकाले अन्यथा कुराहरु पोष्ट हुन सक्ने भन्दै क्षमायाचना समेत गरेका छन् ।अन्नपूर्ण पोस्ट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.