हुलाकी न्यूज, सिरहा : सिरहाको गोलबजार नगरपालिका-४ का दुई कपडा पसलमा आगलागी हुँदा करिब २ करोड मूल्यबराबरको क्षति भएको हो।
गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद ५० हजारसहित कपडा जलेर नष्ट भएका छन्।
आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका हुन्।
गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले बताए ।
पसलका सबै सटर बन्द थियो। विद्युत् चुहावट हुँदा आगलागी भएको हुन सक्ने अनुमान गरिए तापनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ।