हुलाकी न्यूज, काठमाडौं :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा चीनलाई हस्तक्षेप नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन्।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई गत साता नै नेकपाको विवादबाट टाँढा रहन सुझाव दिएको हिन्दूस्तान टाइम्सले जनाएको छ।

प्रधानमन्त्री निकट उच्च श्रोतलाई उधृत गर्दै हिन्दूस्तान टाइम्सले लेखे अनुसार प्रधानमन्त्री ओलीले नेकपा भित्रको चूनौती समाना गर्न आफू सक्षम रहेको र अरुको सहयोग आवश्यक नरहेको चिनियाँ राजदूतलाई बताएका थिए।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनका लागि नेताहरुलाई भनिसकेको र त्यसलाई मिलाउने प्रयास चीनले गरिरहेको देखिएको छ।

भारतीय विदेश सचिवको भ्रमणलगतै चिनियाँ रक्षामन्त्री आइतबार केही घण्टाका लागि नेपाल आउन लागेका छन्।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणपछि नेकपाभित्रको विवाद समाधान हुन सक्ने सम्भावना रहेको कतिपयको बुझाई छ।
चिनियाँ रक्षामन्त्री नेपाली सेनाको हेडक्वाटरमा केही घण्टा बस्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.