प्रदेश २: जग्गा बिषय लिएर दुई पक्षबीच झडप हुदा, एकजनाको उपचार क्रममा मृत्यु                                   हुलाकी न्युज                                                          रौतहट : रौतहटको गरुडा नगरपालिका वडा नम्बर -७ मा जग्गाको विषयकाे बिवाद लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर ७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेको बताए।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका साे घाइते फतिंगाको गरुडाकै एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रवि रावलले बताए ।

प्रहरीका अनुसार चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफनो जमिन भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच झाडप भएको थियो । उनलाई उपचारका लागि गरुडाकै एक अस्पतालमा पुरयाइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी रावलले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको र घटनामा संलग्न रहेका मध्ये ध्यानी ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको डीएसपी रावलले बताएकाे छ।
[11/25, 7:28 PM] Shambhu Pandit: बर्दिवासमा बलात्कारपछि हत्या प्रकरण : साझसम्म प्रदर्शन जारी, दुई प्रहरी घाइते

जनकपुरधाम, मंसिर १० । महोत्तरीको बर्दिवसमा ६ वर्षिया बालिका गुलबसाको बलात्कारपछि हत्या भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर दुई प्रहरी घाइते भएका छन्।

सीसाको बोतल लागेर प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का जवानको घुँडामा चोट लागेको कटुवालले बताए । उनीहरुको उपचार भईरहेको प्रजिअ कटुवालले बताए ।

प्रदर्शनको क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित बर्दिवासमा लगाइएको निषेधाज्ञा तोडेर चलिरहेको प्रदर्शनको क्रममा ढुंगा लागेर दुई प्रहरी घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिएका छन् ।

प्रदर्शनकारीहरु लुकेर ढुंगा ईँटा, सीसाका बोतलहरु प्रहार गरेकोले यी दूबै प्रहरी घाइते भएको उनले बताए ।

पीडित पक्षसंग वार्तामा सहमति भई सकेको अवस्थामा केही उचछृंखल तत्वहरु प्रदर्शनलाई जारी राखेका छन्, प्रजिअ कटुवालले भने वार्तामा उनीहरुको माग सम्बोधन गर्नका लागि पहल गर्ने सहति भईसकेको छ तैपनि केही उच्छृंखल तत्वले प्रदर्शन गरिरहेका छन् ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले आक्रोशित भएर प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.