हुलाकी न्यूज, जनकपुरधाम : राजावादीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै जनकपुरधाममा प्रदर्शन गरेका छन्।
बुधबार जनकपुरधामको भानु चौकबाट सुरु भएको नेपाल राष्ट्रवादी समूहको जुलुस नगर परिक्रममा गरेका छ।
नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या, हिंसा, बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्नेलगायतका उनीहरुले माग गरेका छन्।
मोटरसाइकल तथा गाडीमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर राखी प्रदर्शन गरिएको हो। प्रदर्शन पछि जनक चौकमा कोणसभा गरिएको छ।