बर्दिबासमा आन्दोलन चर्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध प्रशासनले लगाए कर्फ्यू
हुलाकी न्युज
जनकपुरधाम । बुधबार बिहानैदेखि स्थानीयले बजार र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।
बर्दिबासमा ६ वर्षीया बालिका बलात्कारपछि हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि बर्दिबासमा पुनः आन्दोलन सुरु भएको छ ।
बर्दिबासमा किराना पसल संचालन गरेका न्यौपाने बर्दिबास सेवा समितिका सदस्य समेत थिए । बुधबार बिहानै बर्दिबास सेवा समितिमा बसेका स्थानीयहरुको छलफलबाट न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको मागसहित आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ ।
प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।
कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएको हो ।