खातुन हत्या काण्डमा : गोली लागेका एक प्रदर्शनकारी संजयको उपचार क्रममा मृत्य

हुलाकी न्युज
जनकपुरधाम । बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ। उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा मंलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको हो।

‘उहाँको उपचारको क्रममा राति साढे १२ बजे ग्राण्डि अस्पतालमा मृत्यु भयो,’ बम्जनले बुधबार बिहान भने, ‘तिघ्रामा गोली लागेका उहाँको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको हो।’

सो क्रममा गोलि लागेर गम्भीर घाइते भएका न्यौपानेलाई मंलबार अपराहन्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाएको थियो।

गोलि लागेर अन्य दुई जना घाइते भएका थिए । श्याम कार्कीको पनि काठमाडौंमा उपचार भइरहेको छ भने गोलिको छर्रा लागेका अफताब आलमको बर्दिबासमै उपचार भइरहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.