डिजिटल प्रविधिको कारण बालबालिका र किशोरकिशोरीको औसत आईक्यू घट्दै गएको वैज्ञानिकको दाबी छ ।पछिल्लो समय बालबालिका र किशोरकिशोरीले स्क्रीनमा धेरै समय व्यतीत गर्न थालेका छन् । जसको कारण उनीहरुको औसत आईक्यू घट्न थालेको फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजेको दाबी छ ।
डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्रीु मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गरेको बीबीसीमा उल्लेख छ ।
उक्त पुस्तकले इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको छ।
विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेको तर्क छ।
बीबीसी