हुलाकी न्यूज, काठमाडौं : सन् २०२० मा विश्वको सय प्रभावशाली महिलामा नेपालकी सपना रोका मगर परेकी छन् ।
सोमबार राति बेलायती प्रसारण संस्था (बीबीसी)ले सर्वाजनिक गरेको प्रभावशाली महिलाका सय जनाको सूचीमा सपना पनि परेकी हुन् ।
सपना पशुपतिमा बेवारिसे शव जलाउने काम गर्छिन् । १८ वर्षीया सपना म्याग्दीकी हुन् ।
यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन्।
उनीहरुले जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेको बीबीसीले जनाएको छ