हुलाकी न्यूज, बर्दिवास (महोत्तरी): ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
दोषीलाई कारवाहीको माग गर्दै महोत्तरी बर्दिवासका स्थानीयवासीहरुले राजमार्ग अवरुद्ध गरेका हुन्।
बर्दिबास नगरपालिका वडा १४ की शहिद आलमकी छोरी गुलाब शाह खातुनको सोमबार साँझ शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी गराएका हुन्।
हत्या आरोपमा प्रहरीले गौशाला ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताए।
स्थानीय आक्रोसित भिडले आरोपित साहको घरमासमेत आगजनी गरेको प्रहरीले जनाएको छ।



