उनि “जो सेता कापिमा कहिले कहिँ तिमिले जवर्जस्ति कोर्ने सामिप्यताका शब्दावली। सृपेच पहिरन एकलभ्य। भव्य ।” मैंले केहि सृजना मारेको थिए। एक थान कापिमा थुप्रै लेखलाई अधुरो छाडेको दृश्यावलोकन कर्ता उनै हुन्। प्रतिउत्तर फर्काउन अगाडि मौन भए र ति सादा कागज जसमा मैंले कहिले सोचेको थिए जनकपुरधाम बारे। तर त्यो सरल थिएन मिथक नगरकोटीको हढास थियो।
जवरजस्ती लेखनको मज्जा आउँदैन, त्यस्ता लेखनलाई मैंले पुर्णत्या पलुलिस्ट राइटरको नामाकरण गरेको छु । आफै त्यो कर्ममा बढ्न अहँ प्रेरणा आउदैन।
—-***—
मेरो मौनता लाई चिर्दै उनले भनिन् ” ओ मिस्टर मौनतामा पनि कहिले काहि बाडुलि लाग्ने गरेको छ।कि तिमीलाई पनि लाग्यो ? प्रतिउत्तरमा मैंले भने ” बाडुली अक्सर सोचमा लाग्छ । शुन्यतामा उभिएको ‘म’ मा बाडुली ..! हा हा हा ..!” उनले भनिन् तिमि यिनै कुराको घमण्डी छौँ ।
– कस्तो ? – कस्तो कस्तो ‘ अक्सर तिमिले रातलाई गम्भीरतापूर्वक नियाल्छौ सायदै त्यो सबै तिमि शुन्यतामा भएर होइन तिमि शुन्यतामा हराउन खाने एक क्वाटर भोड्का र एक डिब्बा खिल्लि ..!
– होला तर तिम्रो आदर्श प्रतिको आस्थालाई आलोच्य गर्ने अवस्थामा छैन। – म केहि कुरा खोज्दै छु । ति रङ्गिन चित्र भित्रको क्यानभासमा मिथिला चित्रकलामात्र छ कि, मिथकीय स्वैरकल्पना पनि।
ओ..माइ् गड् !! क्यान्भासका रङ्गिन चित्रले तिम्रो रङ्गहिन् चरित्र उजाडि दियो भने। तिम्रो सम्भोगमा कुर्दै गरेका ति काला मसि थोपा थोपा भएर चुहिए भने । काजको मलिन्ता हरायो भने। कस्लाई दोष दिन्छौँ। कालान्तरमा जनकपुरले त्यो त बुझ्दैन्।
– खैर सबैले बुझ्ने नै भएको भए मैंले तिमि संग जनकपुरधाममा बसेर कल्पनाको सागरमा डुवेर बात मार्नु पर्दैन थियो होला । कुनै होटलको कुनाको टेवलमा बसेर दुई गिलास चेस् गर्दै, तिम्रो डार्क र मेरो यु सिरिजमै गफिन्थ्यौ होला। – होला होला ..! सकिदैन तिम्रो वात काट्न। कट्टु सत्य केहि भने तिमिले सन्जुलाई स्वर्णकार बनाऐर छोडेका छौं। उ तिम्रो कलमको पर्खाइमा छ । तिम्रो मायाको खाँचोमा।
– बस् “सन्जु” पात्र हो जसले कालन्तरमा जिवनको प्रभाव एकरुपता छैन भन्ने सिकाईन अनि थप उनले मलाई स्वप्नदोषबाट बचाइ राखिन् । मायाको खाँचो त जनकपुरधामलाई छ । यहाँको निस्याइलो चिर्न केहि दिन यहि हुने छु ।
– कहाँ कुन ठाउमा बास छ महोदय ?
– तिमि संग सम्बाद गर्दै म ठिक जानकी मन्दिर हुदै अहिले गंगासागरको डिलमा रहेको स्वर्गद्वारी अगाडि पुग्दै छु ।
– व्याट ? ( डराउदै ) चिहानको अभिलेखमा पनि केहि अस्तु खोज्दै छौ कि आफ्नै अस्तुको लागि एक अन्जुली राख लिन ?
– सरल प्रश्न भने छैन । तर रातको यो शुन्यतामा यहाँको कुरुपता लैजान केहि मन्त्र पढ्ने छु हवनको लागि चित् आत्मा संग माफि माग्ने छु । अनि भन्ने छु । यो धाम धाम रहेनछ। यो सहर स्वर्ग रहेनछ । यहाँका कुरुपतावादिको नाउमा एक अन्जुली अस्तु गंगा सम्झि गंगासागरमा सेलाउने छु । अनि कोटि नमन गर्दै यहाँको मौलिकतामा राष्ट्रिय संवाद खडा गर्ने छु ।
– धन्य होस् ..! महोदय हजुरको । जुन सहरले आफ्नो कुरुपता नियाल्न सकेको छैन त्यही सहरलाई भिष्म पितामहको मन्त्र पढ्ने जमर्को सायदै कसैले गर्छ । (चकित हुदै ) जिवितै मानिसको नाममा राख कस्ले सेलाउँछु ?
लेखक: दिवाकर उप्रेती




