हुलाकी न्यूज, जनकपुरधामः जनता समाजवादी पार्टी (जसपा) कै नेताहरुको नेतृत्वमा रसिक विहारी भगवान कुट्टीको जग्गा बीबीसी नेपाली सेवाका पत्रकार बृजकुमार यादवले कब्जा गर्न थालेका छन्।
जसपा नेता शेषनारायण यादवसहितको समूहले जनकपुरधाम रामानन्द चौकस्थित रसिक विहारी भगवान तेली कुट्टीको पर्खाल भत्काई बुधबार मन्दिरको जग्गामा पर्खाल लगाउने कार्य गरिरहेको कुट्टीका अध्यक्ष जगदिश साहले बताएका छन्।
करिब २ सयभन्दा बढी गुण्डाहरुका साथ आएका शेषनारायण यादवले मन्दिरको जग्गा कब्जा गरिरहेको र दुई तर्फी विवाद भइरहेको साहले जानकारी दिए। उनका अनुसार प्रहरी पनि बृजकुमार कै पक्षमा देखिएका छन्। दुई तर्फी विवाद भइरहँदा धनुषा प्रहरीले पनि बृजकुमारकै पक्ष लिएर मुख दर्शक बनेको उनले बताए।

शेषनारायणको नेतृत्वमा गएका गुण्डाहरुले मन्दिरमा पुगेका सर्वसाधारणहरुलाई कुटपिटसमेत गरेका छन्।
बुधबार विहान करिब २ सय गुण्डाहरुको नेतृत्व गर्दै शेषनारायण र बृजकुमारको समूह गज्जा कब्जा गर्न पुगेका उनले जनाए।
शेषनारायणले मंगलबार सुन्दर सदन अग्नी कुण्डमा विभिन्न ठाउँका कुन्डलेमुन्लेहरुलाई बोलाएर नगद रकम दिनुका साथै रसिक विहारी मन्दिर तोडफोड गर्ने क्रममा रोक्न आउने मान्छेहरुलाई कुटपिट गर्न निर्देशनसमेत दिएका थिए।
अध्यक्ष साहले हिन्दुहरुको आस्थाको केन्द्र रहेको मन्दिरमाथि आक्रमण भइरहेकोले मन्दिरलाई जोगाउन सम्पूर्ण जनकपुरवासीसँग आग्रह गरेका छन्।
मन्दिरको जग्गा अबैध रुपमा बीबीसीका पत्रकार बृजकुमारले आफ्नो श्रीमति सिता देवीको नाममा गराएका छन्। उक्त विवाद जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिमा पुगेको छ।
न्यायिक समितिमा विचारधिन रहेको विषयमा जसपाकै मेयर लालकिशोर साह र जसपाकै नेता शेषनारायणको नेतृत्वमा मन्दिरको जग्गा कब्जा गर्ने कार्य भइरहेको स्थानीय मनोज कुमार ठाकुरले बताए।
यसअघि पनि शेषनारायणकै नेतृत्वमा मन्दिरको पर्खाल भत्काइएको थियो भने त्यसअघि बृजकुमारलाई जग्गा दिलाउने कार्य र कब्जा गर्ने कार्यमा पनि उनी संलग्न रहेको तस्बीर हुलाकी न्यूजलाई प्राप्त भएको छ।

बृजकुमारले यसअघि धनुषाको लक्ष्मीनियाँ माईको मन्दिरको जग्गा पनि कब्जा गरेका थिए।
[…] जनकपुरधामः हिन्दुहरुको मन्दिर जसपा न… […]