बलिउड अभिनेता अमिताभ बच्चन र ‘काैन बनेका करोडपति’ (केबीसी) निर्माताविरुद्ध एफआईआर दर्ता गरिएको छ।
केबीसी-१२ का निर्माता र होस्ट अमिताभ बच्चनविरुद्ध हिन्दु भावनामा चोट पुर्याएको आरोपमा लखनउमा एफआईआर दर्ता गरिएको हो।
सामाजिक अभियान्ता बेजवाडा विल्सन र अभिनेता अनुप सोनी आएको केबीसीको पछिल्लो एपिसोडमा सोधिएको एक प्रश्नका कारण एफआईआर दर्ता भएको हो।
६ लाख ४० हजार रुपैयाँबराबरको प्रश्नमा सोधिएको थियो कि सन् १९२७ डिसेम्बर २५ मा डा. बीआर अम्बेडकर र उनका अनुयायीहरुले कुन शास्त्रपदको प्रतिलिपिहरु जलाए ? विकल्पहरु प्रदान गरिएको थियो, “विष्णु पुराण । भागवत गीता । ऋग्वेद । मनुस्मृति।”
यसको सही उत्तर मनुस्मृतिबारे बोल्दै अमिताभले डा. बीआरले कसरी हिन्दु धर्मशास्त्र मनृस्मृतिको प्रतिलिपिहरु जलाएको भन्दै वर्णन गरे। जुन कुरालाई लिएर हिन्दु धर्मावलम्बीहरुले हिन्दुहरुको भावनामा चोट पुगेको भन्दै एफआईआर दर्ता गराएका हुन्।